WHY NNSWA?

NNSWA is committed to empower and ensure the social rights of 3D people (Deprived, Dalit, and Disable).

Important Information

Nepal National Social Welfare Association (NNSWA) established itself in 1990. In 1994, NNSWA registered with the District Administration Office Kanchanpur and affiliated to Social Welfare Council Kathmandu. NNSWA has grown over the years, implementing various integrated community based development programs in Sudhurpaschim province being one of the leading development organizations in Nepal.

CONTACT INFO
  • Address:Near District Police Office
    Mahendranagar, Nepal
  • Phone: 00977-99-522182
  • Email: info@nnswa.org.np

NNSWA call proposal from OPDs, CSOs, Youth club on community mobilization, advocacy, awareness activity related to education

विषय: आशयपत्र आव्हान सम्बन्धि सुचना

(प्रथम पटक प्रकाशित मिती २०८१-०५-१७)

नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA ) विगत ३५ बर्ष देखि समतामूलक समाजको अवधारणा लाई आत्मसात गर्दै सामाजिक विकासका लागि कार्यरत सामाजिक संस्था हो । NNSWA सुदूरपश्चिम र कर्णाली प्रदेशमा विभिन्न शिक्षा, स्वास्थ्य, कृषी, आयमुलक, विपद व्यवस्थापन, अपाङ्गता तथा मानवीय सेवाका परियोजनाहरु विभिन्न दातृ.संस्थाहरु संगको साझेदारीमा कार्य गर्दै आएको छ ।यसै सन्दर्भमा  नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरले युरोपियन युनियन को आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेन संगको साझेदारीमा कर्णाली प्रदेशको जाजरकोट जिल्लाका भेरी नगरपालिका र छेडागाड नगरपालिका , कालिकोट जिल्लाका तिलागुफा नगरपालिका र शुभकालिका गाउंपालिका तथा कञ्चनपुर जिल्लाका वेल्डांडी गाउंपालिका र लालझाडी गाउंपालिका गरि जम्मा ६ वटा पालिकामा समवेशी तथा गुणस्तरिय शिक्षा परियोजना सञ्चालन गर्दै आएको छ। यसै सन्दर्भमा परियोजनाको पुर्व स्वीकृत कार्यक्रम अनुरुप पालिकास्तरमा समावेशी तथा गुणस्तरीय शिक्षा संग सम्बन्धित समुदायस्तरमा सञ्चालन गर्नुपर्ने सचेतनामुलक कृयाकलापहरु (समुदाय परिचालन, बिभन्न अभियानहरु , वकालत तथा पैरवी) मा स्थानीय पालिका स्तरमा गठन तथा सुचिकृत भएका अपाङ्गता भएका व्यक्तिहरुका संगठन, नागरिक स्तरका संगठनहरु विशेषगरि अपाङ्गता भएका व्यक्ति,महिला, दलित तथा स्थानीय युवाहरु द्वरा नेतृत्व गरिएका संगठनहरुलाई सशक्त र  जावाफदेहि वनाउदै सम्बन्धित स्थानीय तह संगको समन्वय र सहकार्यमा दिगो रुपमा स्थानीय समस्याहरु समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तपसिल बमोजिमको योग्यता पुगेका संस्थाहरुले तोकिएको फर्मेटमा सुचना प्रकाशित भएको मितीले ७ दिन भित्र रितपुर्वक आशयपत्र पेश गर्न यो सुचना आव्हान गरिएको छ । आवेदन संस्थाको ईमेल jobopportunity.nnswa@gmail.com मार्फत पठाउन सकिनेछ ।

तपसिल :

आवेदन दिनकोलागी न्युनतम योग्यता

(१)    संस्था सम्बन्धित पालिकामा सुचिकृत भएको हुनुपर्नेछ ।

(२)    विगतमा समावेशिता, मानव अधिकार, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सकृय भएको हुनुपर्नेछ ।

(३)    अपाङ्गता भएका व्यक्ति,महिला, दलित तथा स्थानीय युवाहरु द्वरा नेतृत्व गरिएका संगठनहरुलाई प्राथमिकता दिईनेछ ।

(४)    आगामी दिनमा सहजकर्ता तथा स्वयंसेवकहरु परिचालन गर्न सक्ने क्षमता र जनशक्ति भएको हुनुपर्नेछ ।

आवेदन साथ पेश गर्नुपर्ने कागजात

(१)    संस्था दर्ता ऐन अन्तरगत दर्ता भएको संस्थाको हकमा संस्था दर्ता प्रमाणपत्र (नविकरण र करचुक्ता सहित)

(२)    स्थानीय पालिका स्तरको संस्थाको हकमा पालिकामा दर्ता /सुचिकृत भएको प्रमाण पत्रको प्रतिलिपी

(३)    संस्थाको विधान

(४)    हाल सम्म गरेका कार्यअनुभवको प्रमाण पत्रको प्रतिलिपी

(५)    सहजकर्ता तथा स्वयंसेवकहरु परिचालन गरि समावेशिता र गुणस्तरिय शिक्षाका अभियानमा सकृय रहने प्रतिबद्धता सहितको स्व-घोषणा पत्र

(६)    तोकिएको ढांचामा प्रस्तावना पत्र

(७)    निवेदन

प्रस्तावना बुझाउने अन्तिम मिति: २०८१-०५-२३

 

प्रस्तावना पत्रको ढांचा

कभर पेज

 संस्थाको परिचय

...............................................................................................................................................................

संस्थाको उद्धेश्य तथा लक्ष्य

....................................................................................................................................................................

संस्थाले विगत मा गरेका कार्य अनुभव विवरण

..................................................................................................................................................................

समावेशी र गुणस्तरीय शिक्षाका लागी आफ्नो प्रतिबद्धता सहितको कार्ययोजना

...................................................................................................................................................................

       संस्थामा उपलब्ध जनशक्तिको विवरण

....................................................................................................................................................................

     

 

 

 

 

संयोजक

संस्था छनौट समिती

 

 

PDF File

NNSWA for Equitable Society!